मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

२०७९ आश्विन ४, मंगलवार ११:४९ बजे

हेटौंडा : चट्याङ लागेर मकवानपुरका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर ११ बस्ने ५५ वर्षीय आइतसिं भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

भोलनलाई सोमबार साँझ घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । चट्याङ लागेको केही बेरमा नै भोलनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर बकैया–११ निवासी भीमबहादुर स्याङ्तानको गोठमा रहेको पशुचौपायसमेत मरेको प्रहरीको भनाई छ। स्याङ्तानको गोठमा रहेको गोरु मरेको छ भने केही घरपालुवा जनावर घाइते छन् । सोमबार साँझ मकवानपुरमा मेघ गर्जन र चट्याङले जनजीवन भावित बनाएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार