सागरले जिते तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक

२०७९ आश्विन ४, मंगलवार ११:५७ बजे

काठमाडौं : नेपालका सागर गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। अस्ट्रेलियाको सनसाइन सहरमा सम्पन्न च्याम्पियनसिपमा ग्यारोगीतर्पm सागरले स्वर्ण जितेका हुन्।

यूएससी स्टेडियममा भएको पुरुष ७४ केजी तौल समूहको फाइनलमा सागरले अस्ट्रेलियाका जेन मेन्सफिल्डलाई पराजित गरेका हुन्। फाइनल बेस्ट अफ थ्रीमा भएको थियो। जसमा सागरले दोस्रो राउन्डमा नै फराकिलो अन्तरको स्कोर बटुल्दै नतिजा आफ्नो पक्षमा पारेका थिए। उक्त तौलसमूहमा अमेरिकाका चार्ली बिलगुुड तेस्रो स्थानमा रहे।

गत महिना मात्र अध्यययनका लागि अस्ट्रेलिया पुगेका सागर राष्ट्रिय टोलीका खेलाडीसमेत हुन्। विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका उनले इन्डोनेसियामा भएको १८औं एसियन गेम्स, चाइनमा सम्पन्न आर्मी ओलम्पिक गेम्स र कोरियामा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको चुनौती प्रस्तुत गरेका थिए। उनले कोरियाको जेजु र मुजुमा सम्पन्न जी टु गेम्समा क्रमशः तेस्रो र दोस्रो स्थान प्राप्त गरेका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार