सिट बाँडफाँट टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु छलफलमा

२०७९ आश्विन ४, मंगलवार ११:४५ बजे

काठमाडौं : आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा,नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ।

सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धन दलका नेताहरु प्रत्यक्षतर्फको भागबन्डा मिलाउन छलफललाई तीव्र पारेका हुन्। सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन ११ सदस्यी कार्यदल गठन गरेको छ।

कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला छन्। कार्यदललमा कांग्रेसबाट सञ्चारमन्त्री कार्कीसहित कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार