एप्पलले बढाउँदै एप स्टोरको मूल्य

२०७९ आश्विन ४, मंगलवार १२:१५ बजे

काठमाडौँ : अमेरिकी प्रविधि कम्पनी एप्पलले जपान, मलेसिया र युरो प्रयोग हुने सबै क्षेत्रमा एप र इन एप पर्चेजको मूल्य बढाउने निर्णय गरेको छ। सोमबार कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरबाट यी मुलुकमा मूल्य बढाउने निर्णय कार्यान्वयनमा आउनेछ।

एक ब्लगपोस्टमार्फत कम्पनीले अहिले बढाइएको नयाँ मूल्यमा अटो–रिन्युएबल सब्स्क्रिप्सनको मूल्य भने समावेश छैन । यसअघि भियतनाममा पनि एप्पलले विभिन्न शीर्षमा एप स्टोरको भाउ बढाएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार