प्रेमगीत ३ लाई कडा झटारो,अधिकार माग्नेले पनि मिल्ने सम्म मागौ :दिपक

२०७९ आश्विन ४, मंगलवार १२:४५ बजे

काठमाडौं : कोरोनाको कहर विस्तारै कमजोर हुँदै गएपछि नेपाली चलचित्रका मेकरहरु प्रदर्शन मिति तय गर्न उत्साहित देखिएका छन् । ‘प्रेमगीत ३’ले पनि नयाँ प्रदर्शन मिति तय गरेको समयमा सामाजिक संजाल आफ्नै फेसबुक अकौन्टबाट दिपकराजले शुभकामना र यस्को लागि सम्पूर्ण टिम बधाइ समेत दिएका छन् । चलचित्रले नेपाली बजारलाई बिस्तारित गरेको सहित अधिकारको बारे आफ्नो भावनालाइ समेत पोखेका छन् !

शब्द दिपकराज गिरी
चलचित्रले नेपाली बजार लाइ बिस्तारित गरेको छ ! यस्को लागि सम्पूर्ण टिम बधाइको पात्र छ ! एउटै कुरा हो अधिकार माग्नेले पनि मिल्ने सम्म मागौ ! दिनेले पनि मिले सम्म सहयोग गरौ शुभकामना प्रेमगीत टिम!!!

दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’ले पनि नयाँ प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र फागुन १३ गतेबाट देशभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

उनले दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र रिलिज गर्न लागेको बताए । यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार