एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ

२०७९ आश्विन ४, मंगलवार १३:२६ बजे

कास्की : एटिएम मेसिन तोडफोड गर्दै चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित बाएनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

एक जना पुरुषले एटिएम फुटाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार