शरीरभित्र ८ इन्च लामो बोतल छिराएर ३ सातासम्म शरीरमा राखे एक युवाले

२०७९ आश्विन ४, मंगलवार १३:२८ बजे

काठमाडौं : सुन्दापढ्दा अचम्म लाग्ने भारतको पश्चिमबंगालको एक अपत्यारिलो घटना सार्वजनिक भएको छ । पश्चिमबंगाल निवासी २७ वर्षीय युवाले गुदद्वारबाट ८ इन्च लामो डिओडोरेन्ट बोतल छिराएर ३ हप्तासम्म आफ्नै शरीरमा राखेका छन् ।

स्वास्थ्यमा जटिलता देखिन थालेपछि उनले चिकित्सकको सहयोग लिने निर्णय गरे । एक्स-रे गरी हेर्दा शरीरभित्र ८ इन्च लामो बोतलले चिकित्सकलाई नै आश्चर्यचकिन बनायो ।

अन्तत: करिब साढे दुई घण्टाको शल्यक्रियापश्चात उक्त बोतल निकालिएको छ । चिकिस्तक टोलीले बोतसहित खिचाएको तस्बिर हाल भारतीय मिडियामा भाइरल बनेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार