मुकेश अम्बानीले रिलायन्सको उत्तराधिकारीमा छोरीलाई अघि सारे

२०७९ आश्विन ४, मंगलवार १३:३२ बजे

काठमाडौं : भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो कम्पनी रिलायन्सको उत्तराधिकारीका रुपमा छोरीलाई अघि सारेका छन्। रिलायन्स ग्रुप अफ कम्पनीको वार्षिक साधरणसभामा मुकेशले रिलान्यसको उत्तराधिकारीका रुपमा छोरी इशा अम्बानीलाई अघि बढाएको बीबीसीले जनाएको छ। उनले आफ्ना तीनवटै सन्तानका लागि नयाँ भुमिकाको घोषणा पनि गरेका छन्।

जस अन्तर्गत छोरी इशा र छोरा आकाशले रिलायन्यस अन्तर्गतको दुरसञ्चार कम्पनी र रिटेल व्यवसायको जिम्मेवारी पनि सम्हाल्नेछन् भने कान्छा छोरा अनन्तले उर्जासँग सम्बन्धित कम्पनी सम्हाल्नेछन्। सम्पत्ति मुल्यांकनका हिसाबले रिलायन्स अग्रणी स्थानमै पर्छ। यसको कुल सम्पति २ सय २० अर्ब अमेरिकी डलर रहेको छ।

आफ्ना सन्तती सम्पत्तिको किचलोमा नफसुन् भन्ने उद्देश्यले ६५ वर्षीय अम्बानीले अहिलेनै जिम्मेवारी तोकेको अड्कलबाजी भइरहेको छ। बाबुको निधनपछि उनी र भाई अनिल अम्बानीबीच सम्पत्ति विवाद थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार