समिक्षा अधिकारीले किन हटाइन फेसबुक पोष्ट

२०७९ आश्विन ४, मंगलवार १३:४६ बजे

काठमाडौं : बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन । उक्त स्टाटसमा विभन्न खालका सकरात्मक तथा नकरातम कमेन्ट आए ।

सकरात्मक भन्दा नकरात्मक कमेन्ट बढी आएपछि उनले उक्त स्टाटस हटाएकी छन् । उनले पछिल्लो समय घटेको घटनाक्रमलाई उल्लेख गर्दै उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् । जिल्ला अदालत नवलपुरले पीडकबाट रु दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो ।

म बिगत लामो समयदेखि एउटा दुस्खद् घटना भोगिरहेकी छु ।’ उनको यो पोस्ट यति भाइरल भयो की धेरै मिडियामा उनी उत्तिकै छायन् ् । त्यस्तै उनी माथि भद्धा गालीको पनि वर्षा भयो त्यसपछि उनले उक्त स्टाटस हटाएकी छन् । पछिल्लो समय उनी काममा पनि उत्तिकै व्यस्त हुन थालेकी छन् । उनको समय र कामले गति लिन थालेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार