फेसबुकमा ‘अलबिदा’ लेखेर परिवार र आफन्तलाई दुख दिने पत्रकार

२०७९ आश्विन ४, मंगलवार १४:३९ बजे

कैलाली : विदुर कटुवाल पेशाले पत्रकार हुन् । मंगलबार बिहान उनले फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएपछि उनका आफन्त र साथीभाइृहरु आत्तिए । उनले हिजो बिहान करिब ९ बजे सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै सम्पर्कविहीन भएपछि पत्रकार महासंघले उनको खोजीमा तीव्रता दिएसँगै उनी मकवानपुरमा फेला परेका हुन् ।

उनको खोजीमा महासंघसहित प्रहरीले पनि हाइ अलर्ट रहेर खोजी गरिरहेको थियो । एकाएक सम्पर्कविहिन बनेका पत्रकार कटुवालले मंगलबार बिहान करिब ९ बजे सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै सम्पर्कविहीन भएका थिए ।

उनी अहिले पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्कासँग रहेका छन् । पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कटुवाल आज मकवानपुरमै रहने र भोलि मात्रै परिवारको जिम्मा लगाइनेछ ।

उनले फेसबुकमा ‘अलबिदा’ लेखेर मोबाइल अफ गरेपछि आफन्त, साथीभाई, उनको नजिकका संचारकर्मीहरुमा संसय पैदा भएको थियो । उनले के कारणले अलबिदा भनेर लेखेका थिए भन्ने कुरा अहिलेसमम खुलाइएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार