चट्याङ लागेर तीन जनाको मृत्यु

२०७९ आश्विन ४, मंगलवार १४:५१ बजे

काठमाडौं : देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै घर अगाडि बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार