डा. केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं लैजाने तयारी

२०७९ आश्विन ४, मंगलवार १५:२३ बजे

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ।

अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा. केसीलाई पठाउन निर्देशन आइसकेको छ। यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ।

डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ। यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ। अर्का डा. सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार