दशैं तिहार लक्षित सुबिसुको ‘स्मार्ट’ अफर सार्वजनिक

२०७९ आश्विन ४, मंगलवार १४:२० बजे

काठमाडौं : इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रा.लि.ले दशैं तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।

जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ ।

सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।

‘पूराना ग्राहकहरूका लागि अन्य थुप्रै अफर समेत उपलब्ध छन्, त्यसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा पुग्नुपर्ने छ,’ कम्पनीले भनेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार