राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सरकारको विश्वास

२०७९ आश्विन ४, मंगलवार २१:१३ बजे

काठमाडौं : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरेका हुन् ।

सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘अव राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नु हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, टाइम छ, हेरौं ।’

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने म्याद आजै मध्यरातिदेखि सकिँदैछ । तर, राति ९ बितिसक्दा पनि राष्ट्रपति कार्यालय अनिर्णित छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार