दैलेखको चामुण्डामामा शंकास्पद वस्तु भेटिदा मतदान सुरु हुन सकेन

२०७९ मंसिर ४, आईतवार ०८:२६ बजे

सुर्खेत :दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको छ। उक्त वस्तु फेलापछि अझै मतदान हुन सकिरहेका छैन।

बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि अहिले कालीबक्स गणबाट सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ।

सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ। उक्त मतदान केन्द्रमा करिब १ हजार ९ सय मतदाता छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार