आजदेखि विश्वकप फुटबल, उद्‌घाटन खेलमा कतार र इक्वेइडर भिड्ने

२०७९ मंसिर ४, आईतवार ०८:४४ बजे

काठमाडौं : आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छ।

यो विश्वकप अरब क्षेत्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ। सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्ण रूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप हो। यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुने सम्भावना छ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय भइसकेको छ।

प्रतियोगिताका खेल पाँच शहरका आठ स्थानमा खेलाइनेछन्। २०१८ को फिफा विश्वकप फाइनलमा क्रोएसियालाई ४-२ ले हराएको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो। कतारको गर्मी र आर्द्रताको कारण यो विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना हुन लागेको हो।

२९ दिनको कम समयसीमामा खेलाइनेछ उद्घाटन खेल कतार र इक्वेडर बीच अल बेत स्टेडियम, अल खोरमा हुनेछ। फाइनल १८ डिसेम्बर २०२२ मा कतारको राष्ट्रिय दिवसमा हुनेछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार