
मुगु : मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।