गोरखाको रानीवन मतदानस्थलमा शंकास्पद वस्तु फेला

२०७९ मंसिर ४, आईतवार ०८:५८ बजे

गोरखा : गोरखाको एक मतदान स्थलमा शंकास्पद वस्तु फेला परेको छ । गोरखा नगरपालिका-८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

मतदान स्थलको करिब ६५ मिटर आसपास तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ । ‘कुकरमा तार जडान गरेर टेपले बाँधेको छ,’ प्रहरी निरिक्षक हिमनाथ घिमिरेले भने । उनका अनुसार बिहान सवा ६ बजे उक्त शंकास्पद वस्तु देखिएको थियो ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीसहित सशस्त्र र जनपथ प्रहरीको थप टोली समेत सो स्थानमा खटिएका छन् । उक्त मतदान स्थलमा मतदान भने जारी रहेको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार