निर्वाचनमा देखा परेको विकृति रोकौँ : माधवकुमार नेपाल

२०७९ मंसिर ४, आईतवार ०९:३५ बजे

रौतहट : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गर्नुभएको छ । अध्यक्ष नेपालले गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभुत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

उहाँसँगै उहाँकी श्रीमती गायत्री नेपालले पनि मतदान गर्नुभएको नेपालले बताउनु भयो । उहाँले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले मौन अवधिको बेलामा आचारसंहीताको उल्लंघन भएको भन्दै यसलाई आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाई गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’

आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार