चितवनमा विप्लव समूहले निर्वाचन बिथोल्न खोजेपछि हवाई फायर

२०७९ मंसिर ४, आईतवार ०९:४३ बजे

चितवन : विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ। चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

१५-२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले बताए।

हवाई फायरपछि उनीहरू भागेको र खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए। अहिले भने मतदान पुन: सुरू भएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार