रौतहटमा दुई राउन्ड हवाई फायर

२०७९ मंसिर ४, आईतवार १०:०२ बजे

काठमाडौं : रौतहटमा मतदानस्थलबाहिर हो-हल्ला गर्नेहरूलाई तितरबितर पार्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरूडा नगरपालिकाको प्रावि भवन अमरपट्टि एक राउन्ड हवाई फायर भएको जानकारी दिए।

‘मतदानस्थलबाहिर हो-हल्ला गर्नेहरूलाई तितरबितर पार्न हवाई फायर गरिएको हो। अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ शाहीले भने। विभिन्न दलका समर्थकले बाहिर हो-हल्ला गरेका थिए। प्रहरीले हवाई फायर गरेपछि उनीहरू त्यहाँबाट हटेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार