झापामा मतदान अधिकृतको लापरवाहीले बाल निकुञ्ज मावि मतदान केन्द्रमा मतदान अवरुद्ध

२०७९ मंसिर ४, आईतवार १०:१९ बजे

झापा : झापाको एक निर्वाचन केन्द्रको मतदान अवरुद्ध भएको छ । एक जना मतदाताले प्रदेशको प्रत्यक्ष तर्फको मतपत्र संघ र प्रदेशमा नै खसाएपछि समस्या भएको हो ।

मतदान अधिकृतले झुक्किएर एउटै मतपत्र दिएपछि ती मतदाताले प्रदेशको प्रत्यक्षतर्फको मत पत्र संघको मतपेटिकामा खसाएको फेला परेपछि विवाद भएको झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

झापा क्षेत्र नम्बर-४ अन्तर्गत शिवसताक्षी नगरपालिका-१० को बाल निकुञ्ज माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार