दार्चुला र डोटीमा हवाई फायर

२०७९ मंसिर ४, आईतवार १५:०९ बजे

धनगढी : दार्चुला र डोटीका मतदान स्थलमा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौरामा मतदानको क्रममा विवाद भएको थियो।

विवादपछि मतदान रोकिएको छ। विवादलाई साम्य बनाउन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। अहिले मतदान सुचारू गर्न विवाद गर्ने पक्षहरूबीच सहमतिको छलफल भइरहेको छ।

यस्तै, डोटीको शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा विवाद झडप हुने स्थिति आएपछि प्रहरीले त्यहाँ पनि ४ राउण्ड हवाई फायर गरेको बताएको छ

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुन: सुरू भएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायब निरीक्षक भीम बोहराले जानकारी दिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार