धनगढीमा मतदान केन्द्र नजिक विस्फोट

२०७९ मंसिर ४, आईतवार १०:२४ बजे

काठमाडौँ : कैलालीको धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीकाअनुसार बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने भएको छैन । केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीको भनाई छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार