मोरङमा मतदान केन्द्रभित्र ठूलो विस्फोटको आवाज मतदाता भागाभाग

२०७९ मंसिर ४, आईतवार १०:५२ बजे

विराटनगर : मोरङको बूढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ । मतदान केन्द्रभित्रै ठूलो आवाजसहित विस्फोट भएपछि अहिले मतदान रोकिएको छ ।

बूढीगंगा गाउँपालिका-१ स्थित उक्त मतदान केन्द्रमा विस्फोटपछि लाइनमा बसेका मतदातामाझ भागदौड भएको छ । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको थियो । पुनः मतदान सुरू गर्ने तयारी भइरहेको छ ।

पटका पड्काएर आतंकित पार्न खोजिएको प्रहरी बताए । उनले भने, ‘मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार