कर्मचारीकै गल्तीका कारण रोकियो तुलसीपुरमा मतदान

२०७९ मंसिर ४, आईतवार १२:०५ बजे

दाङ :दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रको कर्मचारीको गल्तीका कारण मतदान रोकिएको छ। क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग मा मतदान स्थगित भएको हो।

उक्त मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीका अनुसार कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको बताइन्।

‘पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा ठिकै थियो। दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै गएछ। ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भयो,’ घर्तीले भनिन्,‘अब के गर्ने भन्ने विषयमा मैले माथि जानकारी गराएकी छु।’

मतदान गरेर गइसकेका मतदातालाई फेरि बोलाएर मतदान सुरू गर्ने कि के गर्ने भन्नेबारमा अन्यौल भएको उनले बताइन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार