भोट हाल्न गएका वृद्धको मृत्यु

२०७९ मंसिर ४, आईतवार १२:१७ बजे

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको तेह्रथुमको लालीगुराँसमा मृत्यु भएको छ। लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि केन्द्रमा भोट हाल्न गएका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए।

उनका अनुसार मतदानका लागि लाम बस्ने क्रममा लिम्बूको मृत्यु भएको हो। मृत्युको कारण खुल्न सकेको छैन

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार