चितवनमा भोट हालेर आफू उठेको गोरखा पुगे प्रचण्ड

२०७९ मंसिर ४, आईतवार १२:२४ बजे

गोरखा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव अवलोकनका लागि गोरखा पुगेका छन्। चितवनको भरतपुरका मतदाता रहेका प्रचण्ड गोरखा-२ मा प्रतिनिधि सभा उम्मेदवार छन्। आज बिहान भरतपुरमा मत खसालेर प्रचण्ड गोरखा पुगेका हुन्।

मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए। अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भएको छैन।

गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भने- चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार