सुनसरीको बर्जु मतदान केन्द्र नजिकै विष्फोट, बालिका घाइते

२०७९ मंसिर ४, आईतवार १२:३० बजे

विराटनगर : सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो ।

विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार संकास्पद बस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएकी छन् ।

उनका अनुसार मतदान केन्द्र नजिकै पड्किएको वस्तु पटका हो ।पट्का पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको उनले बताए । बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार