धनुषामा व्यवस्थाको लापरवाहीका कारण एक मतदान केन्द्रमा अझै सुरु भएन मतदान

२०७९ मंसिर ४, आईतवार १३:४९ बजे

काठमाडौँ : धनुषाको एक मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा अवस्थित कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा रहेको बिलट बौक मावि (ख) केन्द्रको मतदान सुरु हुन नसकेको हो।

मतपेटिकामा सामान्य गडबडी भएको भन्दै मतदान सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले जानकारी दिए। उनले सामान्य प्राविधिक त्रुटि भएको र त्यसलाई सच्याइसकिएकोले अबको केहीबेरमा मतदान सुरु हुने जानकारी दिएका छन् ।

प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा मतदान सुरु हुन नसकेको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार