राजेन्द्र लिङ्देन र कृष्ण सिटौला जम्काभेट

२०७९ मंसिर ४, आईतवार १४:४५ बजे

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको जम्काभेट भएको छ। हल्दीबारी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको मतदान केन्द्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाको जम्काभेट भएको हो।

यो केन्द्रबाट लिङ्गदेनले मतदान गरेका थिए। मतदानका क्रममा जम्काभेट भएपछि एक-अर्कालाई अभिवादन गर्दै जितको शुभकामना दिएका थिए।

झापा क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र एमाले-राप्रपा गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार