दोलखामा झडप नियन्त्रणमा लिन प्रहरीलाई सकस परेपछि थप सुरक्षाकर्मी पठाइयो

२०७९ मंसिर ४, आईतवार १५:२८ बजे

काठमाडौँ : दोलखाका विभिन्न मतदान केन्द्रमा झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड बढी हवाई फायर गरिसकेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन्।

अहिले त्यहाँ नेपाली सेना र सशस्त्र प्रहरीको थप जनशक्ति पठाइएको छ।

झडपपछि केही स्थानमा पुनः मतदान सुरु भएपनि केही स्थानमा अझै मतदान रोकिएको छ। केही ठाउँमा झडप नियन्त्रणमा लिन प्रहरीलाई सकस परेपछि थप जनशक्ति पठाइएको डीआईजी बज्रचार्यले बताइन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार