बाजुरामा मतपेटिकामा आगजनी

२०७९ मंसिर ४, आईतवार १५:४० बजे

धनगढी : बाजुरामा मतपेटिकामा आगजनी भएको छ। स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको ‘क’ केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।

आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो। कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए।

आगो लागेपछि पानी हालेर निभाइएको उनले बताए। ‘मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ, निर्वाचन अधिकृतले के गर्ने भनेर निर्णय गर्नुहुन्छ,’ उनले भने।

निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने उनले बताए। कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार