रुकुम पश्चिममा निर्वाचन विथोल्न खोज्ने ‘विप्लव’का तीन कार्यकर्ता पक्राउ

२०७९ मंसिर ४, आईतवार १५:४९ बजे

रुकुम पश्चिम : रुकुम पश्चिममा निर्वाचन विथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका ३ जना कार्यकर्ता पक्राउ परेका परेका छन् । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका–५, ११ र १३ नम्बरमा मतपत्र च्यात्ने, मतपेटिकामा लात्ति हानेर मतदानमा अवरोध गर्न प्रयास गर्ने ३ जना पक्राउ परेका हुन् ।

उनका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हरि पुन, संगठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य राकेश विक तथा युवा संगठनका जिल्ला संयोजक महेश बस्नेत रहेका छन् ।

पुनलाई वडा नम्बर १३ को निमावि घेत्माबाट पक्राउ गरिएको हो । त्यस्तै विक वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलबाट र बस्नेतलाई वडा नम्बर ५ को गोतामकोटबाट पक्राउ गरिएको हो । अधिकारी घिमिरेका अनुसार मतदानमा अवरोध गर्न खोज्नेलाई पक्राउ गरिएपनि मतदान भने रोकिएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार