करिश्मा मानन्धरले काठमाडौं महानगरपालिका–३ बाट गरिन् मतदान

२०७९ मंसिर ४, आईतवार १६:०७ बजे

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले पनि मतदान गरेकी छन् । अभिनेत्री मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्रबाट पति विनोद मानन्धरसँगै मतदान गरेकी हुन् ।

मतदानपछि अभिनेत्री मानन्धरले कलाकारहरुले सक्रिय राजनीति गर्न आवश्यक रहेको उल्लेख गर्दै अभिनेत्री रेखा थापालगायतअन्य कलाकार उम्मेदवारहरुले यसपाली जित्नुपर्ने बताएकी छन् । यसका साथै आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने इच्छा समेत उनले व्यक्त गरेकी छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार