
सर्लाही : सर्लाहीको वाग्मती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने २ जना पक्राउ परेका छन । वाग्मती नगरपालिका-१२ बथनिय प्रावि मतदनन केन्द्रमा फर्जी मत खसाल्न खोजेको आरोपमा २० वर्षीय मुस्कान मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै बलरा नगरपालिका-४ जब्दी प्रावि मतदान केन्द्रमा पनि अर्काको नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका २ जनालाई नै नियन्त्रणमा राखिएको र निर्वाचन ऐन अनुसार कार्बाही अगाडि बढाइएको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।