रामेछापमा मतदान गरी घर फर्कदै गरेका ३ जना माथि कुटपिट

२०७९ मंसिर ४, आईतवार १६:३३ बजे

रामेछाप : रामेछाप ८ को शारदा संस्कृत माविबाट मतदान गरी घर फर्कदै गरेका मतदातालाई स्थानीय डुम्रिखर्कमा बाटो छेकेर बसेकाले कुटपिट गर्दा ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कुटपिटबाट स्थानीय ३९ वर्षीय देविलाल सुवेदी, २१ वर्षीय गोविन्द सुवेदी र दिलनाथ सुवेदी घाइते भएका छन् । घाइतेमध्ये देविलाल सुवेदीको अवस्था गम्भीर छ । उनलाई तत्काल रामेछाप अस्पताल पुर्‍याइएकोमा थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको छ । आफन्तहरुले बिरामीको अवस्था गम्भीर भएकोले हेलिकप्टर माग गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले घटना पछि कुटपिटमा सम्लग्‍नको खोजी भइरहेको र बिरामीको उपचारका लागि काठमाडौं पठाउने प्रयास भइरहेको बताए। मतदान सकेर डुम्रिबोट फर्कँदै गरेका ३ जना स्थानीय सल्ले नजिक पुगेपछि भोज खाएर बसेकाले कुटपिट गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार