बागलुङमा जनमोर्चाका कार्यकर्ताले गरे बुथ कब्जा

२०७९ मंसिर ४, आईतवार १७:३० बजे

काठमाडौं : बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।

उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनुपर्ने माग गरे ।

मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको भनाइ छ । बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार