सूर्यकुमारको शतकमा भारत विजयी

२०७९ मंसिर ४, आईतवार १७:५१ बजे

एजेन्सी : माउन्ट मउनगुई — सूर्यकुमार यादवको विष्फोटक शतकको मद्दतले भारतले दोस्रो ट्वान्टी- २० क्रिकेटमा न्युजिल्यान्डलाई ६५ रनले पराजित गरेको छ ।

यो जितपछि भारतले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । ‘प्लेयर अफ द म्याच’ सूर्यकुमारले ५१ बलमा नटआउट रहेर १ सय ११ रन बनाए ।

यसक्रममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसले ४९ बलमै आफ्नो शतक पूरा गरेका थिए । समग्रमा उनले ११ चौका तथा सात छक्का प्रहार गरे । भारतीय इनिङको अन्त्यतिर न्युजिल्यान्डका टिम साउथीले ह्याट्रिक गरे पनि त्यसको अर्थ रहेन् ।

जवाफमा न्युजिल्यान्ड १८.५ ओभरमा अलअआउट हुन अगाडि १ सय २६ रन मात्र बनाउन सक्यो । भारतका लागि दीपक होडा सबैभन्दा सफल बलर रहे र उनले १० रन मात्र खर्चेर चार विकेट लिए । तीन खेल शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । पहिलो खेल वर्षाका कारण वासआउट भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार