काठमाडौंमा मतपेटिका संकलन सुरु , आजै मतगणना गरिने

२०७९ मंसिर ४, आईतवार १८:१७ बजे

काठमाडौं : आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको समयमा मतदान सकिएको छ ।

यस्तै मतदान केन्द्रहरूबाट मतगणनास्थलहरूमा मतपेटिका संकलनको काम भइरहेको छ । क्षेत्र नं. १ मा ४५ हजार १८, क्षेत्र नं. २ मा ८१ हजार ९७०, क्षेत्र नं. ३ मा ५८ हजार ८०५, क्षेत्र नं. ४ मा ६९ हजार ७५२, क्षेत्र नं. ५ मा ७० हजार ९१९, क्षेत्र नं. ६ मा ६२ हजार १०२, क्षेत्र नं. ७ मा ६१ हजार २९१, क्षेत्र नं. ८ मा ५३ हजार १०६, क्षेत्र नं. ९ मा ७२ हजार १७३ र क्षेत्र नं. १० मा ७६ हजार ९०६ मतदाता छन् । काठमाडौंमा मतपेटिका संकलन पछि आजै मतगणना गरिने बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार