काठमाडौँ ३ को मतगणना सोमबार बिहान ७ बजेदेखि

२०७९ मंसिर ४, आईतवार १८:४० बजे

काठमाडौँ :काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सोमबार बिहान ७ बजेदेखि हुने भएको छ । सर्वदलीय सहमति अनुसार बिहान ७ बजेदेखि मतगणना सुरु गरिने भएको प्रमुख निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।

यो निर्वाचन क्षेत्रमा कुल मतदाता मध्ये ६६.५५ प्रतिशत मतदाताले मतदान गरेका छन् । मतगणना गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुलमा हुने भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार