बाजुरामा प्रहरीकाे गोली लागेर एक जनाको मृत्यु, ३ घाइते

२०७९ मंसिर ४, आईतवार १८:५० बजे

धनगढी : बाजुरामा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जिव ऐडीको गोली लागेर मृत्यु भएको हाे ।

उक्त नगरपालिकाको ७ नम्बर वडामा रहेको नाट्यश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा फर्जी मतको भेटिएपछि कांग्रेस र एमालेका कार्यकर्ताले मतपेटिका तानातान गरेर झडपमा उत्रिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएकाे छ ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा खडक ऐरी, परशुराम पाध्याय र प्रेम थापा छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार