अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

२०७९ मंसिर ४, आईतवार १९:१२ बजे

एजेंसी : संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना राति ११ः५७ बजे भएको थियो । उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो(सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार