प्रचण्ड उम्मेदवार रहेको गोरखामा जम्मा ५०.८५ प्रतिशत मत खस्यो

२०७९ मंसिर ४, आईतवार १९:३८ बजे

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखामा जम्मा ५०.८५ प्रतिशत मत खसेको छ ।

११ स्थानीय तह रहेको गोरखामा जम्मा २ लाख २० हजार ६३७ मतदाता रहेकामा जम्मा १ लाख १२ हजार १९८ मत खसेको छ । तर, १ लाख ८ हजार ४३९ मतदाताले भोट नै हालेनन् ।

गोरखामा २ निर्वाचन क्षेत्र रहेका छन् भने प्रचण्ड क्षेत्र नम्बर २ को उम्मेदवार हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार