सागर ढकाल भन्छन्–बाकसहरु प्रशासनले एक्लै लिएर हिँडेको छ, आज राति सुत्न भएन

२०७९ मंसिर ४, आईतवार १९:५९ बजे

डडेलधुरा : डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि पनि बाक्साको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन् ।

‘डडेल्धुराका जनताहरु बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडीको स्कर्टिङ हजुरहरुले नै गर्नुपर्यो’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘कतिपय ठाउँमा बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको छ । आज राति सुत्न भएन। जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।’

ढकालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार