मतदानपछि गायक प्रमोद खरेल भन्छन् : स्थिर सरकार बनोस्, जनमतको कदर होस्

२०७९ मंसिर ४, आईतवार २०:३८ बजे

काठमाडौं : आइतबार भएको निर्वाचनमा कलाकारले समेत उत्साहजनक ढंगले भाग लिए । कतिपय सेलिव्रिटीले गाउँ पुगेर मतदान गरे ।

संविधान जारी भएपछि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा सेलिव्रिटीको उत्साहजनक सहभागिता देखियो । मतदानपछि कलाकारले जनमतको कदर होस् भन्ने आशा राखेका छन् ।

गायक प्रमोद खरेल मतदान गर्न झापाको आफ्नो गाउँ कचनाकवल पुगे । सामाजिक संजालमा उनले मतदान गरेपछिको तस्वीर सेयर गरेका छन् ।

आगामी पाँचवर्षमा जुनसुकै दल सरकारमा पुगेपनि देश र जनताको हित विपरित कुनै काम नहोस् भन्ने अपेक्षा उनले राखेका छन् । स्थिर सरकार बनाएर जनमतको कदर गर्न उनको आग्रह छ ।

प्रमोद लेख्छन्, ‘यो रंग मात्र हैन हाम्रो र भावी पुस्ताको भविष्य कोर्ने मसी हो । विगतका कमी कमजोरी सच्चाउँदै आगामी ५ वर्ष जो–जो सरकारमा पुगे पनि देश र जनताको हित विपरीत कुनै काम नहोस्, स्थिर सरकार बनोस्, जनमतको कदर होस् , जनताको मुहारमा खुशी देख्न पाइयोस्, हार्दिक शुभकामना ।’

लोकप्रिय गायक खरेल यतिबेला ‘द भ्वाइस अफ नेपाल’को कोचको रुपमा व्यस्त छन् । यसबाहेक सांगीतिक कार्यक्रममा समेत उनी सक्रिय देखिन्छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार