जिल्ला कारागारबाट नौ कैदी फरार

२०७९ मंसिर ४, आईतवार २२:३७ बजे

एजेन्सी : नागाल्याण्डको मोनमा जिल्ला कारागारबाट शनिबार नौ जना कैदीहरू भागेका छन् । अहिले भगुवा कैदीहरूको व्यापक खोजी अभियान सुरु गरिएको छ । उप–विभागीय प्रहरी अधिकारी अपोङ यिमले फोनमा एएनआईलाई बताएअनुसार “मोन जिल्ला कारागारका नौ कैदीहरू शनिबार बिहान जेलबाट भागेको र अहिले व्यापक खोजी अभियान जारी छ ।

प्रहरीका अनुसार नौ कैदीमध्ये दुई जना सजाय पाएका र सात जना पुर्पक्षका लागि थुनामा राखिएका कैदी रहेका थिए । उनीहरू जेलको फलामको ढोका र हतकडीको ताला तोडेर फरार भएको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार