उद्घाटन खेलमा इक्वेडरसँग हार्यो कतार

२०७९ मंसिर ४, आईतवार २३:४५ बजे

काठमाडौं :आयोजक कतार फिफा विश्वकप २०२२को उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ । आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इक्वेडरले सुरुआती अग्रता बनाएको थियो ।

कतारका गोलकिपर साद अल्सिबले फाउल गरेपछि पाएको पेनाल्टिमा इकवेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गरेका थिए ।भ्यालेन्सियाले ३१औं मिनेटमा दोस्रो गोल गर्दै इक्वेडरको अग्रता २–० बनाएका थिए ।

पहिलो हाफमा लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै इक्वेडरले विश्वकपको उद्घाटन खेलमा उत्कृष्ट जित निकालेको हो ।जितसँगै समूह एमा तीन अंक जोड्दै इक्वेडर शर्षस्थानमा रहेको छ ।

कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो टिम बनेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार