अवैध संरचना ३५ दिन भित्र हटाउन ललितपुर महानगरको निर्देशन

२०७९ आश्विन ५, बुधबार ०७:३३ बजे

काठमाडौं : पछिल्लो समय देशका अधिकांश स्थानीय तहहरुले अवैध संरचना हटाउन चासो देखाउन थालेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ ।

“नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना, सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्नु हुन अनुरोध छ,” महानगरले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार