जरिवाना तिर्न परेपछि आक्रोशित हर्क साम्पाङ

२०७९ आश्विन ५, बुधबार १०:२३ बजे

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) लाई निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि उनी आयोगमाथि खनिएका छन् ।

हर्कले आक्रोशित हुँदै भनेका छन् मेरो चुनाबी खर्च २ लाख पनि छैन तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै हर्क आयोग विरुद्ध खनिएका हुन् । उनले सामाजिक संजालका मार्फत आफ्ना धारणाहरु राख्दै भनेका छन् साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु हो ।

उनले भनेका छन् मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’ त्यस्तै निर्वाचन आयोगले साढे ७ लाख जरिवाना तोकेपछि भरतपुरकी महानगरकी मेयरले मुख खालेकी छन् । उनले साढे ७ लाख जरिवाना अस्वभाविक र हास्यास्पद भएको भन्दै असन्तुष्टि पोखेकी हुन् ।

दाहालले आयोगको सूचना हेरेर अचम्मित बनेको बताइन् । उनले तोकिएको जरिवाना रकम अस्वभाविक रहेको उल्लेख गरिन् । निर्वाचन खर्चको सीमाभन्दा पनि बढी जरिवाना तोकिनु हास्यास्पद रहेको उनको भनाइ छ । ‘पहिले–पहिले पनि निर्वाचन धेरै आए र गए, तर यस्तो जरीवाना सुनिएको थिएन,’ उनले भनिन्, ‘आयोगले गर्न खोजेको के हो बुझ्न सकिएन ।’

बुझाउँदै नबुझाएको त होइन नि, केही ढिलाइ भएको मात्रै हो,’ उनले भनिन्, ‘कामको प्रेसरले गर्दा पनि त्यतातिर ख्याल भएन । तर, दुईचार दिन ढिला भयो भनेर यत्रो जरीवाना गर्न खोज्नु अन्यायपूर्ण भयो उनले थपिन् । केही दिन ढिलाइ गरेकोमा सांकेतिकरुपमा थोरै रकम तोकिएको भए केही थिएन । तर, यत्रो रकम जनप्रतिनिधले कहाँबाट ल्याउने रु भ्रष्टाचार गर, कमिसन खाउ, भन्न खोजिएको हो उनले भनिन्।

यसो यति मोटो रकम मागेपछि रेणु मात्र होइन जनप्रतिनिधि तथा उम्मेदवारहरु सबै आश्चर्यमा परेका छन् । खर्च विवरण बुझाउन ढिलाइ गरेको बहानामा आयोगले यसरी लाखौं जरिवाना ठटाउन खोजेपछि जनप्रतिनिधिहरु आत्तिएका हुन् । निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण बुझाउन ढिलाइ गर्ने वा नबुझाउने उम्मेदवारहरुलाई जरीवाना तोक्दै हिजो सूचना निकालेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार